स्थलगत आधारमा यस तालिम केन्द्रले प्रदेश नं. १ मा आफनो कार्य सञ्चालन गर्दै आएको छ ।  यस प्रदेशमा १४ जिल्लाहरुमा स्थापित ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु माफत अधिकृतस्तर, सहायक प्राविधिकस्तर र कृषकस्तरको तालिमहरु सञ्चालन गर्दै आएको छ । त्यसै गरी तालिम केन्द्रले प्रदेश मन्त्रालय र निर्देशनालयको स्वीकृतिमा यस क्षेत्र लगायत अन्य क्षेत्रका गैह्र—सरकारी तथा नीजि संस्थाहरु संगको संयुक्त प्रयास वा सहकार्यमा समेत विभिन्न स्तरका तालिमहरु सञ्चालन गर्दै आएकोछ ।