मुलुकको अर्थतन्त्रमा कृषि तथा पशुपालन व्यवसायले ठूलो भूमिका खेलेको छ । यसै तथ्यलाई मनन गरि नेपाल सरकारले पशुपालन व्यवसायलाई दिगो रुपमा विकास गरि पशु तथा पशुजन्य उत्पादनमा वृद्धि ल्याउन पशुपालन विकास सम्बन्धि विभिन्न कार्यक्रमहरु तर्जुमा गरि सञ्चालन गर्दै आएको छ, भने सो मध्येको एक अंग पशु सेवा तालिम तथा प्रसार कार्यक्रम पनि मुख्य हो । 
यस अनुरुप राष्ट्र तथा प्रदेशको समानुपातिक रुपमा विकास गर्दै लैजाने क्रममा पशु सेवा, पशु प्रसार तथा पशु स्वास्थ्य कार्यक्रमलाई संगसंगै सञ्चालन गरि कृषकहरुमा सेवा उपलव्ध गराउने उद्देश्य राखेको छ । प्रदेश सरकार, भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहत रहेको यस पशु सेवा तालिम केन्द्र, दुहवी, सुनसरीले प्रदेश सरकारले लिएको लक्ष्य पुरा गर्न प्रदेश नम्बर १ स्थित १४ जिल्ला र १३७ वटै स्थानिय तहहरुको पशुपालन क्षेत्रमा जनशक्ति विकास गरी प्रदेशलाई सक्षम र सवल बनाउने नीति लिएको छ । 
संघियतामा राज्यको पुनःसंरचना संगै साविकको क्षेत्रीय पशु सेवा तालिम केन्द्र, प्रदेश सरकार (प्रदेश नं. १) को मातहतमा रहि पशु सेवा तालिम केन्द्रको नामले स्थापना भई आफनो प्रदेश भित्र तालिम कार्यक्रमहरु संचालन गर्दै आएको छ ।