यस तालिम केन्द्रका उदेश्यहरु निम्नानुसार छन् :—

  • पशुपालक कृषकहरुलाई समय सापेक्ष तथा आवश्यकता बमोजिम आधुनिक तथा उन्नत पशुपालन प्रविधिको ज्ञान र सीप उपलव्ध गराई पशुपालन पेशालाई व्यवसायिकरण तथा आधुनिकिकरण गर्ने दिशा तर्फ लैजानमा सहयोग पुर्याउने ।
  • पशुपालनको माध्यमद्वारा दिगो आर्थिक विकासमा सहयोग पुर्याउने ।
  • ग्रामीण रोजगारीको अवसर बढाई गरिवी निबारणमा सहयोग पुर्याउने ।
  • प्राविधिक जनशतिलाई पशुपालनको नयाँ प्रविधिका बारेमा समयानुसार आवश्यक तालिम दिई क्रमिक रुपमा उनीहरुको कार्य क्षमतामा अभिवृद्धि गर्ने ।